आजबाट ओलम्पिक सुरू
नेपालबाट ७ खेलाडी सहभागी
काठमाडाैं | साउन ११, २०८१
Photo: AP
विश्व खेलकुदको महाकुम्भ ‘पेरिस ओलम्पिक २०२४’ प्रतियोगिताको औपचारिक उद्घाटन आज हुने भएको छ ।
३३ औं संस्करणको खेलकुदको महाकुम्भ फ्रान्सको राजधानी पेरिसमा आजदेखि औपचारिक सुरु हुँदैछ ।
सो प्रतियोगितामा २ सय ६ देशका करिब ११ हजार बढि खेलाडीहरु सहभागि हुदैंछन् । उक्त प्रतियोगिता अगष्ट ११ तारिखसम्म चल्नेछ ।
उक्त ओलम्पिकमा नेपालका ७ खेलाडीले चार खेलमा प्रतिस्पर्धा गनेछन् ।
नेपालबाट एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, पौडीमा डुवाना लामा र एलेक्जेन्डर शाह, टेबलटेनिसका स्यान्टु श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल र जुडोकी मनिता श्रेष्ठ प्रधानले ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।
काठमाडौं: बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं महाधिवेशनको मतदान प्रक्रिया सम्पन्न भएको छ । कुल २२६३ प्रतिनिधिमध्ये ३६ जना अनुपस्थित हुँदा २२२७ मत खसेको छ । निर्वाचन आयोगक...
काठमाडौं: राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार पुस २ गते बधुबार सातै वटा प्र...
पोखरा: दोभान क्लबको आयोजनामा रुपा गाउँपालिकामा जारी प्रथम दोभान कप सेभेन ए साइड फुटबल प्रतियोगितामा दोस्रो दिन पाँच खेल सम्पन्न भएका छन् । रुपा ६ भिरचोकस्थित खेल मैदानमा जारी बुधबारको पहि...

